काठमाडौँ – चर्चित गायिका कला पंगेनीको नयाँ लोकदोहोरी गित “ठिक्क पार्छौ मुखले” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका पंगेनीको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रमेश बिजिको उत्कृष्ट शब्दमा ऋषि अधिकारीले संगीत भरेको उक्त गीतमा गायक चन्द्र शर्मा, राजु ढकाल, गायिका कला पंगेनी र सिर्जु अधिकारीको आवाज सुन्न सकिन्छ । यस गित, माया प्रेममा आधारित गित हो जहाँ, मायाकै चर्चा बढी भएको देख्न र सुन्न सकिन्छ ।
यस गीतको दृश्य निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुन् । त्यस्तै दृश्य सम्पादन भने नबिन घर्ति मगरले गरेका छन् । आफ्ना अन्य गीतलाई जस्तै यस गीतलाई पनि सबै श्रोता तथा दर्शकले माया गर्ने गायिका कला पंगेनीले अपेक्षा राखेकी छिन् ।
<iframe width=”1280″ height=”675″ src=”https://www.youtube.com/embed/LSV3JTmrhJo” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
Comments are closed.