Nepal's First Video FM

राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी

280

काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएको छ । महतो उपप्रधानसहित शहरी मन्त्री बनेका छन् । ८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाबाट दश जना मन्त्री बन्न लागेका हुन् ।

जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

You might also like

Comments are closed.