आजको पञ्चाङ्ग- श्रीशाके १९४३ग्रीष्म ऋतु राक्षसनामक संवत्सर नेपाल सं.११४१वि.सं.२०७८ ज्येष्ठ २२ गते शनिबार तद्अनुसार सन् २०२१जुन ५ तारिख ज्येष्ठ कृष्णपक्ष दशमी तिथि६/४३पर एकादशी तिथि रेवती नक्षत्र आयुष्मान योग१/५५पर सौभाग्य योग बब करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला।काठमाण्डौमा सूर्योदय बिहान५/१०मा भयो र सूर्यास्त सांझ १८/५६मा हुनेछ। विश्व वातावरण दिवस। अनन्तश्री राजगुरु जगद्गुरु वीरेन्द्र।
आजको राशिफल
मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-ऋण,रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ।खेलकुद र भ्रमणमा रुचि होल। शक्ति बढ्ला।मिठो भोजन खान पाउनु हुनेछ।हांसविलासमा आकर्षण बढ्नेछ।भागदौड भैरहनेछ।जोखिममा नपर्नु बेस रहला।ठूलो रकमको लगानीमा सचेत रहनुपर्नेछ।।
बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -दिन शुभ र लाभबर्द्धक रहला।सफलता प्राप्त हुनेछ।इष्टमित्रको साथ प्राप्त हुनेछ।सन्तान सुख मिल्नेछ।उन्नति पदोन्नति हुनेछ।आयस्रोत बढ्ला।मिठो भोजन खान पाउनुहुनेछ।आरोग्यता बढ्ला।बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। साहस सम्बन्धित काम बन्नेछ।सुख सम्पति बृद्धि होला।रसरागमा आकर्षित हुनु हुनेछ।मान पुरस्कारको प्राप्ति हुनेछ।भोज भतेरमा भाग लिनु हुनेछ।
मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)-यात्रा होला।अन्न धन बढ्नेछ।दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ। परिश्रममा बृद्धि होला।यात्रामा सफलता मिल्नेछ। विकासको नयाँ सम्भावना देखा पर्ला।ऐश्वर्य बढ्नेछ।रोकिएको धन मिल्नेछ।कार्यमा सफलता पाउनुहुनेछ।आरोग्यता बढ्ला।आफन्तको सहयोग मिल्नेछ।विजयश्री प्राप्त होला।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -विकासको नयाँ सम्भावना देखापर्ने छ। सुख समृद्धि हासिल हुनेछ।बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन्। इष्टमित्रको साथ प्राप्त हुनेछ। सन्तान सुख पाइनेछ।मान महत्व बढ्नेछ।धर्मकर्ममा रुचि बढ्ला।भागदौड लागि रहनेछ। समस्याको समाधान प्राप्त होला। बिबादमा नपर्नु हीतकर होला। आफ्नै बल विवेकले काम गर्नु हीतकर होला।शुभ र भाग्यबर्धक काम बन्नेछ।
सिंह– LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) -आफन्तको सहयोग प्राप्त हुनेछ। वार्तामा सफलता प्राप्त हुनेछ।धन मान महत्व बढ्नेछन्।ऋण रोग र शत्रुप्रति जीत होला।अस्तव्यस्ततामा कमी हुनेछ।काममा विजय प्राप्त होला।देखिएको समस्या समाधान हुनेछ।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)-मिठो भोजन मिल्नेछ।शुभ र भाग्यबर्द्धक काममा सफलता मिल्नेछ।आशा उत्साह थपिनेछ।यात्रामा सफलता प्राप्त होला।धनसम्पति ऐश्वर्य बढ्नेछ।ईष्टमितको सहयोग मिल्नेछ।सबै प्रकारले अनुकूलता बृद्धि हुनेछ।विकासको नयाँ सम्भावना देखा पर्नेछ।आशा उत्साह बढ्ला।
तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) -ग्रहगोचर शुभ फलदायक रहला।अरुको भर नपरी आफ्नै बलबिबेकले कार्य गर्नु उचित रहनेछ। आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ।मान सम्मानमा निरन्तर बृद्धि भैरहनेछ।मिठो भोजन खान पाउनु हुनेछ।ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ।भोगविलासमा आकर्षण बढ्नेछ।बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ।
वृश्चिक –SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – समय अनुकूल फलदायक रहला।प्रेममा सफलता मिल्नेछ।ईष्टमित सुख सन्तति बढ्नेछ। बिबादमा नपर्नु हीतकर होला।आरोग्यता बढ्ला।जीवन साथीको सहयोग मिल्नेछ।आफन्तको सहयोग मिल्नेछ।आर्थिक पक्ष पनि बलियो बन्नेछ। लगानी बृद्धि हुनेछ।मिठो भोजन खान पाउनु हुनेछ।उन्नति पदोन्नति हुनेछ।भोग विलासमा आकर्षण बढ्नेछ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धनको आवागमन भैरहनेछ।भागदौड बृद्धि हुनेछ।रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ। दैनिक काममा सफलता मिल्नेछ।ईष्टमित्रको सहयोग समर्थन मिल्नेछ।सुख समृद्धि बढ्नेछ।बिबादमा नपर्नु बेस होला।मिहीनेतयुक्त काममा रूचि बृद्धि होला।अरुको भर नपर्नु नै हीतकर रहला।
मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आशा उत्साह बढ्ला। यात्रा होला।रसराग प्रेममा सफलता मिल्नेछ।आफन्तको साथ मिल्नेछ।कार्यमा सफलता मिल्नेछ।उन्नति पदोन्नति हुनेछ।यश वर्चश्व बढ्ला।विजयश्री मिल्नेछ।आयस्रोत बढ्ला।अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ।लगानी उठ्नेछ।
कुम्भ – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)-प्रयासरत काम बन्नेछ।देखापरेको समस्याको समाधान मिल्नेछ।मान प्रसंशा बढ्नेछ।शुभ समाचार प्राप्त होला।विकासको नयाँ सम्भावना देखा पर्नेछ।बोली र व्यक्तित्वको प्रभाव बढ्ला।आरोग्यता बृद्धि होला। यात्रा परक काममा सफलता प्राप्त हुनेछ।वार्तामा सफलता मिल्नेछ।व्यस्त रहनु हुनेछ।
मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-आरोग्यता बढ्ला।सुख शांति बढ्नेछ।मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ। शुभ काममा भाग लिनु हुनेछ।यश वर्चश्व बढ्ला।धन यश मान पद प्रतिष्ठा बढ्ला।शुभ काम बन्नेछ।गौरब बढ्ला।सुख शान्तिमा बढोत्तरी होला।रसरागमा रुचि बढ्नेछ।खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ।सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ।आंट पराक्रम बढ्नेछ। ऐश्वर्य वृद्धि हुनेछ।मिठो भोजन मिल्नेछ।
Comments are closed.