Nepal's First Video FM

आज थप ८,२४३ जना कोरोना संक्रमणमुक्त, ६८ जनाको निधन, ५ हजार ४० संक्रमित थपिँए

284

गएको २४ घण्टामा नेपालमा  ५ हजार   ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म नेपालमा पाँच लाख ८५ हजार हजार एक सय जनालाई संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण भएको थियो ।

यस्तै यही अवधिमा ८ हजार २ सय ४३ जना निको भएका छन् । आज कोरोना निको हुने दर ८२ दशमलव ८ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ६८ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

आज सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.