काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गरेका छन् । शुक्रबार राजपाका नेताहरु सरकारमा गएपछि नेता नेपाललले उक्त टिप्पणी गरेका हुन् ।
पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोपसमेत लगाए ।
आफू निकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा नेपालले भारतको नाङ्गो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेको टिप्पणी गरेको एक नेताले बताए। कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जिकिर गरे ।
Comments are closed.