Nepal's First Video FM

‘२४ घन्टाभित्र उपप्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग’

319

काठमाडौँ, नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरेको छ ।

शनिबार नयाँ पार्टी, नेपालले कामचलाउ सरकारमा सहभागी भइ उच्च ओहदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

“महतोलाई २४ घन्टाभित्र उपप्रधान एवम् सहरी विकासमन्त्रीबाट निलम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानबिन गरी आवश्यक कारबाही गरी देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्दा लगाइ देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यदि सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्म सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता युवराज सफलद्वारी हस्ताक्षर विज्ञप्तिमा जनाएको छ ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्दा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावनाविपरीत कदम रहेको पार्टीको ठहर छ ।

यस्तै, असंवैधानिकरुपमा संसद् विघटन गरी निर्वाचनसमेत घोषणा गरिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

 

You might also like

Comments are closed.