Nepal's First Video FM

माओवादीले मन्त्रीको टुंगो लगायो, वर्षमानदेखि बिना मगरसम्म

495

चैत २, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम रहेको छ ।

पुनलाई उर्जा तथा जलस्रोतमन्त्री बनाइएको छ भने पोखरेललाई शिक्षा बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै मगरलाई खानेपानी मन्त्री बनाइएको छ । उनीहरुले  आजै पद तथा गोपनियताको सपथ  लिने तयारी छ ।

त्यस्तै माओवादी भित्रका अर्को चर्चित नेता मानिने जनार्दन शर्मा भने  मन्त्री बनेनन् । उनले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने पार्टीलाई जानकारी गराएपछि चन्द्र प्रकाश खनाल बलदेवलाई मन्त्री बनाइएको छ ।

उनलाई ओलीले समेत आफ्नो क्याबिनेटमा राख्न चाहेका थिए । जनार्दनलाई प्रभावकारी काम गर्न सक्ने नेता भएको  भन्दै ओलीले समेत मन्त्री बनाउने चाहेको बताइएको छ ।  तर, कामै नहुने  मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री नबन्ने भन्दै उनले अस्वीकार गरेको बताइएको छ ।

You might also like

Comments are closed.