Nepal's First Video FM

आइतबार सुनको मूल्य बढेयो, यस्तो छ आजको कारोबार

247

काठमाडौँ, आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ। गत शुक्रबार उच्च रुपले घटेको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ भने चाँदीको पनि तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ४०० र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

You might also like

Comments are closed.