Nepal's First Video FM

एमाले अध्यक्ष ओलीले पार्टी एकताको लागि ६ बुँदे प्रस्ताव, २०७५ जेठ ३ गतेको अवस्थामा फर्किने प्रतिबद्धता

302

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई कायम राख्नको लागि आफू २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्कन तयार रहेको स्पष्ट पारेका छन् ।

हिजो  राति नेकपा एमालेको एकताको लागि आह्वान गर्दै उनले ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् । पहिलो बुँदामा उनले नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाईने उल्लेख गरेका छन् ।

ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको चौथो नम्बर बुँदामा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त उल्लेख छ ।

ओलीले आफ्नो प्रस्तावमा भनेका छन्,‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।’

पार्टी एकताका लागि ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको पहिलो बुँदामा एमालेलाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने बताइएको छ । तर, एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने बताइएको छ ।

मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीले बताएका छन् । संगठनात्मक क्षेत्रका निश्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधान लागि कार्यदलले काम गर्ने ओलीको प्रस्ताव छ ।

यसवीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कावाही नचलाइने ओलीले बताएका छन् । पार्टीमा भावनात्मक एकताका लागि रचनात्मक सहयोग हुने उनले अपेक्षा गरेका छन् ।

You might also like

Comments are closed.