काठमाडौँ – चर्चित गायक कमल खत्रीको ‘फिक्का ‘ नामको म्युजिक भिडियो सार्वजनिक भएको । गायक खत्रीको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सो भिडियो सार्वजनिक गरिएको हो ।
यस गितमा गायक कमल खत्री र गायिका मेलिना मैनालीको आवाज सुन्न सकिन्छ । शब्द तथा संगीत भने स्वम गायक खत्रीकै रहेको छ । पछिलो समय टिकटकमा भाइरल हुँदै युटुबको ट्रेन्डीङ नम्बर एक (१) मा पर्न सफल भएको छ ।
‘फिक्का’ भिडीयोमा नायक पल शाह र नायिका अनिशा पोख्रेलको बबाल रोमान्स देख्न सकिन्छ । भिडीयोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन् भने सम्पादन पवन सुस्लिङले गरेका छन् । भिडियो :
Comments are closed.