Nepal's First Video FM

अमेरिकाले नेपाललाई कति खोप दिदै छ ? यस्तो छ विवरण

516

काठमाडौं – अमेरिकाले नेपाललाई खोप उपलव्ध गराउने विवरण केही दिनमा सार्वजनिक गर्ने भएको छ । अमेरिका मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारीले कार्डेनको कार्यालयले आज औपचारिक रुपमा दिएको जानकारी अनुसार नेपालले प्राप्त गर्ने खोप सम्वन्धि विस्तृत विवरण केही दिनमा नै आउने जानकारी दिएका हुन्।

उनले आफनो आधिकारीक सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्, नेपाल लक्षित भएर अमेरिकी सरकार, वाईडेन प्रशासनसम्म पहुँच स्थापित गर्नको लागि संघीय सरकारका सिनटेरहरु क्रिश भ्यान होलान र वेड कार्डेन क्रिस मर्फे लगायतका निर्वाचित जनप्रतिनिधीहरुको अतुलनीय योगदान रहेको छ । विधान सभा सदस्य भण्डारीले सिनेटर वेन कार्डेनले गर्नु भएको सहयोगको लागि उनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु भनेका छन्।

अमेरिकी सिनेटामा रहेको स्टेट डिपार्टमेन्ट,युएसएआईडि व्यवस्थापन, अन्र्तराष्ट्रिय सञ्चालन र द्धिपक्षीय अन्र्तराष्ट्रिय विकास समितिका चेयर समेत रहनु भएका वेन कार्डेनले स्वास्थ्य तथा मानव संशाधन मन्त्रालयवाट आवश्यक विवरणको लागि मेरो कार्यालयको अनुरोधमा पत्राचार गरेका थिए । नेपाललाई कोरोना भाईरस विरुद्धको खोप अहिले सर्वाधिक प्राथमिकताको विषय रहेको बताए। नेपाल लगायत एसियाका मुलुकहरुलाई अमेरिकाले करिब ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

खोप उपलव्ध गराउन विभिन्न प्रयासहरु भएका थिए । यसै गरि राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराईदिन पत्र लेखेकी थिइन्। यसै गरि नेपाली मुलका मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीलेस्टेट डिपार्टमेन्ट यूएसएआईडी व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई खोप उपलव्ध गराउन औपचारिक रुपमा नै आफूले पत्र लेखेको समेत बताए ।

You might also like

Comments are closed.