चैत २, बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नगर भत्किँदा शुक्रबारदेखि विद्युत् अवरोध भएको छ ।
नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्यांकी निर्माण गर्न लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत्का व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए । उनका अनुसार खानेपानीको ट्यांकीको भित्ताको पर्खाल भत्किँएपछि विद्युत् सेवा अवरोध भएको हो ।
विद्युत अवरोध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय प्रभाबित हुनाका साथै जिल्लामा सञ्चालन हुँदै आएका रेडियो र पत्रपत्रिका समेत बन्द हुनेभएका छन् भने विद्युत् ग्राहक समेत मर्कामा परेका छन् ।
Comments are closed.