Nepal's First Video FM

बन्यो बानेश्वर चोकमा आकाशे पुल

558

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आकाशे पुल बनेको छ। बुधबार क्रेनको सहायतमा पुल आकाशे पुलका खम्बामा राखिएको हो।

सडक डिभिजन कार्यालयले निषेधाज्ञाको समयमा नयाँ बानेश्वरमा आकाशे पुल बनाउने काम सकेको हो।
अघिल्लो वर्षदेखि नै काम सुरु भएको भए पनि पुल बन्न समय लागेको थियो।

खम्बामा पुल चढाएपछि अब त्यसको फिनिसिङको काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। करिब ३ करोड १० लाख रुपैयाँ लागतमा पुल बन्न लागेको हो।

काठमाडौंको सबैभन्दा व्यस्त मानिएको बानेश्वरमा आकाशे पुल बनेपछि सवारी जाम नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ। आकाशे पुल नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर क्षेत्रमा बनेको छ।

You might also like

Comments are closed.