काठमाडौं, पूर्वगृहमन्त्री राबहादुर थापा ‘बादल’पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन्। बिहीबार अपराह्न ४ बजे हुने मन्त्रिमण्डल विस्तारमा उनी मन्त्री बन्न लागेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।
नेकपा (माओवादी केन्द्र)बाट बादलको नेतृत्वमा एउटा समूह नै एमाले प्रवेश गरेको छ। उक्त समूहका २३ जनालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य नै बनाएका छन्।
प्रधानमन्त्रीले आज आफ्नो मन्त्रिमण्डलमा सात जना थपेर मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री बनाउने भएका छन् ।
Comments are closed.