काठमाडौँ, नेकपा एमालेका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य अधिकारी यसअघि एमालेको वैकल्पिक पोलिटव्यूरोसम्म पुगेका थिए ।
नवौं महाधिवेशनमा केपी ओली अध्यक्ष जित्दा उनका निकट सहयोगी खगराज अधिकारी, महेश बस्नेत, गोकुल बास्कोटाहरू पराजित भएका थिए ।
खगराज एक मतले केन्द्रीय सदस्यमा पराजित भए पनि नेकपा एमाले र माओवादी एकीकरणका क्रममा उनी केन्द्रीय कमिटीमा समेटिएका थिए । उनी एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र पोलिटब्यूरोमा चुनिएका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनका एक अगुवा खगराज अनेरास्ववियूको उपाध्यक्षसम्म भए भने देशके ठूलो र आन्दोलनको अग्रणी मानिने पृथ्वीनारायण क्याम्पस पोखराको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभाापति निर्वाचित भएका थिए ।
पृथ्वीनारायण क्याम्पस यस्तो ठाउँ हो जहाँबाट सभापति बनेकाहरु प्रायः देशको राजनीतिमा अग्रभागमा छन् । खगराज पनि सोही क्याम्पसको राजनीतिमा उदाएको पिएनका पूर्व सभापति गिरी बताउँछन् ।
पञ्चायत शासन ढलेपछि खगराज पार्टीको राजनीतिमा कास्की जिल्लाको नेतृत्व गरेर अघि बढे । २०४८ सालमै संसदीय चुनाव लडेका अधिकारी कांग्रेसका नेता तारानाथ रानाभाटसँग पराजित भए ।
२०५१ सालमा उनले कांग्रेसको तत्कालीन महामन्त्री रानाभाटलाई नै पराजित गरेर संसदमा आउने मौका पाए । त्यही बेला उनलाई एमालेका तत्कालीन संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतक नियुक्त गरे । अधिकारी संसदीय राजनीतिमा त्यसबेलै स्थापित भए ।
२०५६ र २०६४ सालको चुनावमा पराजय व्यहोरेका अधिकारी २०७४ सालमा पुनः निर्वाचित भएर आए । नेकपा एकीकरण हुनुपूर्व उनी एमालेको प्रमुख सचेतक समेत थिए । पार्टी एकतापछि देव गुरुङ प्रमुख सचेतक भएपछि उनी बाहिरिए ।
संसदमा सरकारको दह्रो प्रतिरक्षामा उभिने सांसदमा अधिकारी रहे । विद्यार्थी कालदेखि अहिलेसम्म निष्ठापूर्वक लागेको र केपी ओलीको टिमको सशक्त नेताकाे रूपमा चिनिन्छन् ।
Comments are closed.