काठमाडौं अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन धरहरा पुगेर केक काटेर बनाएका छन् ।
यसपटकको जन्मदिनलाई महानायक हमालले अझ विशेष बनाएका छन् नेपाली फिल्मका महानायक राजेश हमालको जन्मदिन प्राय सधैं नै विशेष हुने गर्दछ ।
यसपटकको जन्मदिनलाई महानायक हमालले अझ विशेष बनाएका छन्, हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक कटाइ ।
महानायक हमालले धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लामा बनाइएको बार्दलीमा केक काटेका हुन् ।
महानायक हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले आफ्नो जन्मदिनमा धरहरामा केक काटेको जनाएका छन् ।
बुधवार दिउँसो अभिनेता हमालले धरहराको टुप्पोमा केक काट्ने क्रममा उनकी धर्मपत्नी मधु भट्टराई पनि संगै थिइन् ।
यसका साथै आफ्नो जन्ददिनजको दिन अभिनेता हमाल दिनभरी नै व्यस्त रहे ।
अनुहारमा मास्क र फेसशिल्डसहित बिहानै मन्दिर दर्शन गरेपछि उनले केही स्थानममा राहत समेत वितरण गरेका छन् भने स्कूल बालबालिकाको हौसला बढाउन नाचगान समेत गरेका छन् ।
राति भने उनले केही आफन्तहरुसंग घरमै केक काटेको उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका तस्बिर तथा भिडियोबाट अनुमान लगाउन सकिन्छ ।
Comments are closed.