Nepal's First Video FM

कांग्रेसले केपी ओलीलाई गान्धीलाई जस्तै मार्ने षडयन्त्र बनाएको हो त ? महेश बस्नेतको प्रश्न

332

काठमाडौं, नेकपा एमालेका नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि सत्ता पक्षका सांसद र नेताहरुले उनलाई हदैसम्मको कारवाहीको माग गरेका हुन्।

ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको वैद्य अभिव्यक्तिलाई लिएर एमाले तरङ्गित बनेको छ।
पूर्वमन्त्री बस्नेतले उनलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन्।

जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्ने भएकाले अप्रीय घटना घटनुभन्दा अगाडि सरकार सचेत हुनुपर्ने उनको भनाई छ।

उनले सामाजिक संजालमा लेखेका छन् माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिराेध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।

You might also like

Comments are closed.