कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले फोनमार्फत पोखरेललाई बधाई दिएका हुन् ।
मुख्यमन्त्रीको रुपमा प्रदेश सभाबाट विश्वासको मत गुमाएका गुरुङले आफ्नो र पार्टीका तर्फबाट भन्दै पोखरेललाई आगामी कार्यकालको शुभकामना पनि दिए ।
प्रदेश प्रमुखसीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।
Comments are closed.