Nepal's First Video FM

निषेधाज्ञामा मात्रै २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

236

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।

निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको पाइएको छ । गत १६ वैशाखदेखि दाल/गेडागुडी २९ हजार ८ सय ४५ मेट्रिक टन आयात भएको छ ।

तरकारी ४६ हजार १ सय ४५ मेट्रिक टन, फलफूल, ३१ हजा ४ सय ४ मेट्रिक टन, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ । याे खबर आजको राजधानी दैनिकमा छ ।

You might also like

Comments are closed.