काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।
पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ ।
Comments are closed.