Nepal's First Video FM

झलनाथ खनाल बिरामी, नर्भिकमा भर्ना

411

काठमाडौं, स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। सोमवार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनायो।

‘पूर्व प्रधानमन्त्री झलनाथ ज्यू स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज बिहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ,’ उनको सचिवालयले भनेको छ।

खनालको स्वास्थ्य स्थिति सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालमै रहनुपर्ने बताइएको छ। यसअघि खनाल कोरोना संक्रमण देखिएपछि उपचारका लागि नर्भिक भर्ना भएका थिए।

You might also like

Comments are closed.