काठमाडौं । केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ ।
स्वास्थ्यमा विभिन्न जटिलता उत्पन्न भएपछि परिवारको निर्णयमा दिल्ली लैजान लागिएको हो । एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् ।
नेता खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् ।
आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।
अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको पाण्डेले बताए ।
Comments are closed.