Nepal's First Video FM

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

342

काठमाडौँ। बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

बैठकमा बाढी पहिरोबाट भएको क्षति र विपद् रोकथामको प्रतिकार्य गर्ने विषयमा छलफल हुनेछ । यसैगरी मनसुनबाट हुने क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य रहन्छन् ।

You might also like

Comments are closed.