Nepal's First Video FM

चीनसँग ४० लाख डोज खोप किन्ने सरकारको तयारी, अब खोप आस पलायो !

351

काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने तयारी थालेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो ।

त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन । तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार अघि बढ्न सरकार सहमत भएको हो ।

खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने बुझिएको छ । हिजो बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताउनुभएको थियो ।

अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उहाँले आगामी साउनबाट सर्वसाधारण नागरिकहरुलाई खोप लगाउन थालिने जानकारी दिनुभयो ।

You might also like

Comments are closed.