Nepal's First Video FM

आज एकैदिन यति धेरैले घट्यो सुनको भाउ, किन आयो गिरावट

792

काठमाडौँ, बिहीबार सुन र चाँदी दुबैको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार १०० र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

You might also like

Comments are closed.