ओली प्रधानमन्त्री बनेकै दिन पण्डितलाई यस्तो सरप्राइज – पढ्नुहोस
सामान्य प्रशासन मन्त्री हुँदा उनले गरेको प्रभावकारी कामले गर्दा नेपाली जनताले लालबाबु पण्डितलाई महत्वपूर्ण मन्त्रालयमा देख्न चाहेका थिए । उनको कार्यको भरपुर फाइदा उठाउन चाहन्थे जनता ।
आफ्नै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन उनलाई सरप्राइज दिइयो । प्रधानमन्त्री ओलीको पहिलो रोजाई उनि बनृे् । तर उनलाई जनताले चाहे जस्तो महत्वपुर्ण मन्त्रालय दिइएन । उनलाई जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा सपथ खुवाईयो । संयुक्त बाम गठबन्धन बनाएर चुनाव जितेकाले गठबन्धनकै सरकार बन्ने हुँदा माओवादी समेत सहभागी हुने कारण पहिलो दिन मन्त्रालयबारे छलफल नै नभई सपथ ग्रहण गराईएको थियो । उनले केही दिनका लागि पाएको त्यो मन्त्रालयमा रहंदा पनि नागरिकको आंखाले देख्नेगरी काम गरे । काठमाडौंलाई मास्करहित बनाउँछु भनेर शंकल्प गरे ।
यस अघि सोही मन्त्रालय सम्हालेका लालबाबुले निकै उल्लेखनिय काम गरेका थिए । सामान्यतया धेरैको रोजाइमा नपर्ने सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेर उनले सबै जनताको नजरमा पर्ने काम गरे । मन मुटुमा बस्न सफलचाह्यो भने जे पनि गर्न सकिन्छ भन्ने पर्यायका रुपमा रहेका लालबाबु पण्डितले फेरी पनि सामान्य प्रशासन मन्त्रालयनै पाएका छन् । अन्तिम अवस्थामा निर्णय परिवर्तन नभए उनका लागि सोही मन्त्रालय छुट्याइएको छ । सामान्य प्रशासन मन्त्रालय सम्हाल्न लालबाबुनै आउने भएपछि फेरी एक पटक अन्य मुलुकको ग्रिन कार्ड लिएर नेपाल सरकारको सुविधा लिने सरकारी कर्मचारीहरुको सातो जाने भएको छ ।
भए ।
नेपालका उच्च पदस्थ प्रशासकहरुसमेत अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया जस्ता देशहरुमा स्थायी बसोबास गर्दै आएका छन् र देशप्रेम नभई यहाँ लुटेर डलरमा विदेशमा धन लैजाँदै छन् भन्ने कडा अभिव्यक्ति दिएर त्यस्तालाई कारवाहीको दायरामा ल्याउन उनले चालेको कदम निकै सराहनिय थियो । उनले निकै चुनौतिका बावजुद यो कदम उठाउका थिए । उहाँँका धारणा यति बलिया थिएकी प्रमाणमा नेपाल सरकारका बहालवाला सचिव, सहसचिव , सुरक्षा अङ्गका प्रमुखका रोलक्रमका पदाधिकारीहरु तथा उपसचिव र शाखा अधिकृतहरु समेत कारवाहीमा पर्ने भएपछि उनी विरुद्ध षडयन्त्र सुरु भयो ।
कतिले धमाधम राजिनामा दिन थाले । उनले उठाएको यो मुद्याले मुलुकको उच्च ओहदामा बस्नेहरु राष्ट्रिय स्वाभिमानका विषयमा कस्तो दृष्टिकोण राख्नेरहेछन् भन्ने कुरा छर्लङ देखाईदियो । मन्त्री पण्डितको यो कदम दोहोरो नागरिकताको विषय मुलुकका लागि कति गम्भीर रहेछ भन्ने समेत प्रष्ट पार्यो । धेरै अवरोध छिचोलेर श्रम र नैतिकताको उच्च पापड पेल्दै पण्डितले नेपालको निजामती कर्मचारी प्रशासनमा जवाफदेहिता र उत्तरदायित्व स्थापित गर्न प्रारम्भिक काम गरे । राष्ट्रियताको सवाललाई स्थापित गरे । सबैले सामान्य ठान्ने सामान्य प्रशासन मन्त्रालय नै मुलुकको सुशासन, पारदर्शिता र कर्मचारीको उच्च मनोबलको आधार हो भन्ने कुराको दरीलो प्रमाण लालबाबु पण्डितले प्रमाणित गरेर देखाइदिए ।
Comments are closed, but trackbacks and pingbacks are open.