काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछ । आजको खेलहरु पनि समूह चरणका खेल सकिनेछ र अन्तिम १६ को समीकरण तय हुनेछ ।
आज राति विश्व विजेता फ्रान्स र युरोपेली विजेता पोर्चुगलबीच बहुप्रतिक्षित भिडन्त हुनेछ । गत संस्करणमा फाइनल खेलेका यी दुई टोली यस पटक समूह चरणमै भिड्दैछन् ।
क्रिस्टियानो रोनाल्डोविरुद्ध केलियन एमबाप्पेबीचको खेल पनि हो । समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके फ्रान्स समूह विजेता बन्नेछ । एक गोलको हारले पोर्चुगललाई खासै फरक पार्ने छैन । तर यसका लागि समूहकै अर्को खेलमा हंगेरीले जर्मनीलाई पराजित नगरोस् ।
खेल राति १२:४५ बजे हुनेछ ।
Comments are closed.