Nepal's First Video FM

विपक्षी गठबन्धनले भने: माधव नेपाललाई जोगाउँछौं, बाहृय हस्तक्षेप अस्विकार्य

227

काठमाडौ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विहीबार दिउँसो विपक्षी गठबन्धनमा सहभागी सम्पादकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरेर अब ‘संविधान, लोकतन्त्र र मुलुकको रक्षाका लागि’ संघर्ष गर्नुपर्ने बेला भएको निर्क्योल सुनाएको छ। र, अब ‘नवीन संघर्षमा अघि बढ्ने’ घोषणा गरेको छ। त्यो संघर्षको खाका भने सार्वजनिक गरिसकेको छैन।

यस्तौ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनतासामू गरेको प्रतिबद्धताअनुसारनै अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुभन्दा राम्रा नेता ल्याए आजै छोड्न तयार रहेको पनि बताए । उनले आफूले यो तीन वर्षमा केपी शर्मा ओलीलाई राम्रोसँग चिनेको पनि टिप्पणी गरे । आज (बिहीबार) संसद् भवनमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले आफूहरुको यो गठबन्धन लोकतन्त्र र संविधान रक्षार्थ गठन भएको गठबन्धन सुनाए । उनले सबै नेताहरु उस्तै उस्तै हुन भनेर हुर्मत लिने काम भयो भने राजनीतिक भ्याकुम सिर्जना हुनेतर्फ पनि सचेत गराए । उनले आफूहरुले छिमेकीहरुसँग राम्रो सम्बन्ध होस भन्ने चाहेको सुनाए ।

तर, नेपालमा विदेशीहरुको अनावश्यक चलखेल नसहने पनि उनको भनाई थियो । उनले आफूहरुले यो गठबन्धन बनाउँदासम्म धेरै अप्ठ्याराहरु सामना गरेको पनि सुनाए । उनले बहालावाला प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीको लागि जेपनि गर्न तयार भएको सुनाए । उनले आफूहरु राष्ट्र, जनता, संविधान, लोकतन्त्रको हितमा अघि बढ्ने जनाए ।

You might also like

Comments are closed.