Nepal's First Video FM

सीटीईभीटीका नवनियुक्त सदस्य सचिव काफ्लेले गरे पदभार ग्रहण

508

काठमाडाैं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)का नवनियुक्त सदस्य सचिव जीवनारायण काफ्लेले पदभार ग्रहण गरेका छन् । सचिव काफ्लेले सीटीईभीटीको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

काफ्लेले आफ्नो नेतृत्वमा सरकार र जनताहरुको अपेक्षा पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । करीव ३० वर्ष अगाडि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्मामा कार्यरत रही उनीसँग विभिन्न डिभिजन र प्राविधिक विद्यालयहरु व्यवस्थापनमा काम गरेको
धेरै अनुभव छ ।

काफ्लेलाई असार ७ गतेको मन्त्रीपरिषद् बैठकले काफ्लेलाई सीटीईभीटीको सदस्य सचिव पदमा नियुक्त गरेको थियो ।

You might also like

Comments are closed.