माधव नेपाललेको सनसनी पूर्ण खुलासा : मलाई प्रधानमन्त्री बन्ने अफर आईसक्यो, तर म धोका दिने मान्छे होईन
काठमाडौँ, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको खुलासा गरेका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा रिट दिएका नेता नेपाललाई देउवा धोका दिएर आए आफूलाई प्रधानमन्त्री बनाईने अफर प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले गरेको उनको भनाई थियो ।
आज (शनिबार) संसद् भवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । तर, नेपालले आफू गठबन्धनमा रहेकोले यसबाट ब्याक नहुने पनि अडान सुनाए । उनले भने-“माधव नेपाललाई प्रधानमन्त्रीको अफर आईसक्यो, तर म गठबन्धनलाई धोका दिने मान्छे होईन् । संसद् पूनःस्थापना हुन्छ । हामी अदालतमा दिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिँदैनौं ।”
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएको पनि सुनाए । र, बाध्य भएर ओलीको धोका र चालबाजीको विरुद्धमा विद्रोहमा उत्रिएको उनको स्पष्टोक्ति थियो ।
Comments are closed.