काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको स्पष्ट पारेका छन्। उनले मदन भण्डारी जन्मजयन्तिका अवसरमा सोमबार वक्तव्य राख्ने क्रममा यस्तो बताएका हुन्।
उनले भने, ‘केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै हिँडेका छन्। मलाई बाैलाहा कुकुरले टोक्या छ र? कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रस्ताव केपी ओलीले राख्ला?’
आफैं आफ्नो महत्त्व बढाएर अध्यक्षको प्रस्ताव राखेको र प्रधानमन्त्रीको प्रस्ताव राखेको बताउँदै हिँडेको ओलीको आरोप छ।
उनले आफैं नेपाल यस्तो भन्दै हिँडेको बताए। नेपालले नेपाली कांग्रेस प्रवेश गर्ने उनको भनाइ छ।
‘उनी देउवाको पार्टी नै ज्वाइन गर्न सक्छन्। प्रचण्डको पार्टी नै ज्वाइन गर्न सक्छन्। उनी प्रचण्डको मामुली कार्यकर्ता हुन्,’ ओलीले भने।
Comments are closed.