Nepal's First Video FM

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात चल्ने

357

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार २५ सिट वा सोभन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारीसाधन जोर-बिजोर प्रणालीबाट सञ्‍चालन गर्न पाइने छ ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने जनाइएको छ । गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन।

You might also like

Comments are closed.