Nepal's First Video FM

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिनु भयो? अन्तिम दिन आज

338

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। जीवन विकास लघुवित्तले गत असार ११ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्म जीवन विकास लघुवित्तको आईपीओमा १८ लाख ४० हजार ३७ आवेदकबाट कुल २ करोड ७८ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो। यो २ अर्ब ७८ करोड २६ लाख ३५ हजार रुपैयाँबराबरको हुन आउँछ। यो हिसाबले यो आईपीओमा १५.०५ गुणा बढी खरिद आवेदन परेको छ।

त्यसो त यो आईपीओमा हालसम्मकै सबैभन्दा धेरै आवेदन पर्ने देखिएको छ। यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो।

जीवन विकास लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ

You might also like

Comments are closed.