Nepal's First Video FM

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपाल पक्षीय २३ जना सांसद्लाई ओलीको निर्देशन

226

प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय निर्वतमान सांसद्हरुलाई निर्देशन दिएका छन् ।

एमालेको १३औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।

नेपाल समूहका २३ जना सांसद्ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतमा दायर मुद्दामा हस्ताक्षर गरेका छन् ।

उनीहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिएर एकताको वातावरण बनाउन निर्देशन गरेका हुन् ।

उनले पार्टी एकताको सवालमा समस्या देखिएको बताउँदै भने,“राजनीतिक दलले अराजकतामा, अनुशासन उल्लङ्घन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको छ ।”

You might also like

Comments are closed.