काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।
सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।
थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए।
‘आज अरू पनि बैठक छ। अरू सिडिओसाबहरूसँग सल्लाह गरेर बैठक बस्छौं,’ उनले भने, ‘कोरोना संक्रमण कम भएको छैन।’ अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाब छ । यसमा प्रजिअहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ ।
गत मंगलबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक गाडी जोरबिजोरमा सञ्चालन छन् । यसलाई भने निरन्तरता दिइने भएको छ । यस्तै पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।
Comments are closed.