Nepal's First Video FM

खोप लिन चीन जाँदै नेपाल वायुसेवा निगमको जहाज

220

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए। सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन लागेको हो। उनकाअनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ। जहाजले असार २५ गते खोप ल्याउने छ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। “आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ। परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन,’ उनले भने।

उनले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए। चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उनको भनाइ रहेको छ। यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा। पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिए।

You might also like

Comments are closed.