Nepal's First Video FM

एमाले कार्यदलको बैठक आज पनि बस्दै

375

पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने नेताहरुले दावी गरेका छन् ।

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।
हिजोको बैठक पछि कार्यदलका सदस्य घनश्याम भुसालले केही दिनदेखि निरन्तर छलफल गरिरहेको कार्यदलमा केही प्रगती नभएको बताउनुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भएको भेटवार्ता पछि बसेको बैठकपछि कार्यदलका सदस्यहरुले चाँडै नै सहमति हुने दाबी गरेका थिए । एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।

You might also like

Comments are closed.