Nepal's First Video FM

‘प्रधानमन्त्रीका प्रेस सल्लाहकारको स्टाटस सहमत्ति विपरित: माधवकुमार नेपाल

350

नेकपा एमलेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरप्रति दृढ रहेको स्पष्ट पार्नुभएको छ । नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरु एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरप्रति दृढ र स्पष्ट रहेको उल्लेख गर्नुभएको हो ।

हिजो राति एमाले कार्यदलस्तरमा भएको सहमत्तिमा सर्वोच्चमा गरिएको हस्ताक्षरप्रति पार्टीले संस्थागत निर्णय गर्ने सहमत्ति भएको थियो सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेपालले एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति विपरित प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाको फेसबुक स्टाटसप्रति आपत्ति जनाउनु भएको छ ।

‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ, नेपालले लेख्नुभएकाे छ ।’

You might also like

Comments are closed.