Nepal's First Video FM

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

217

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आइतवार साँझसम्ममा २ अर्ब ९१ करोड ५३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार साँझ ५:३० बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकले २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरीदको लागि आवेदन दिएका छन्।

यो सर्वसाधारको लागि विक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५ दशमलव शून्य ३ गुणा बढी आवेदन हो । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओमा छिटो अवधि अर्थात् आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

You might also like

Comments are closed.