Nepal's First Video FM

विपक्षी गठबन्धनबाट अलग भयो नेपाल समूह

209

नेकपा (एमाले) को माधव नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ। पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै एमाले वरिष्ठ नेता माधव नेपालले गठबन्धनमा नबस्ने बताएका छन् ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले यसको जानकारी गराएका हुन्। अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएका छन् ।

पार्टी एकता प्रक्रिया अघि बढेकाले अहिलेको अवस्थामा विपक्षी गठबन्धनमा रहन नसकिने उनले बताए। अब कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीको एकतावद्ध निर्णयबाट गरिने उनले बताए।

You might also like

Comments are closed.