Nepal's First Video FM

एमाले स्थायी कमिटी बैठक बस्दै

239

नेकपा (एमाले)को हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित भएको थियो।

आजको बैठकको स्थान र समय भने निर्धारण भइनसकेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तमाङले नेपाल प्रेससँग भने, ‘पहिले स्थायी कमिटीको हुन्छ अनि केन्द्रीय कमिटीको बैठक राखिन्छ।’

फैसलापछि माधव नेपालसँग संवाद कठिन
सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट देखिएको छ। तामाङ फैसलापछि नेपालसँग संवादको समभवना नरहेको बताउँछन् । ‘सर्वोच्चका फैसलापछि माधव कमरेडका गतिविधिले संवादकाे सकारात्मक वातावरण झन् विग्रिएकाे छ,’ उनले भने । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ।

सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

You might also like

Comments are closed.