Nepal's First Video FM

लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडामा वृद्धि, पुरा विवरण सहित

508

काठमाडौं – यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बुधबार विभागले सूचना जारी गर्दै २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर भाडा बढाएको जारी सूचनामा उल्लेख छ । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार यही असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधाको भाडादर कायम गरिएको यातायात विभगद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागका अनुसार बढेको भाडादर असार २९ गतेदेखि लागू गर्ने निर्णय गरेको गरिएको थियो भने यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटामा चल्ने मालवाहक सवारीमा २० प्रतिशत र तपाईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत वृद्धि गरिएको विभागका निर्देशक एवं प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए ।

‘सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामशए समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा वृद्धि गरिएको हो,’ सूचनामा लेखिएको छ ।

You might also like

Comments are closed.