काठमाडौँ, नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थमन्त्री शर्मालाई बधाई र शुभकामना दिँदै अटोमोवाइल व्यवसायसम्ग सम्बन्धित समसामयिक विषयहरुमा छलफल गरेकोे हो ।
भेटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे जानकारी गराएका थिए । छलपलमा अध्यक्ष दुलालले अटोमोवाइलक्षेत्रमा कार्यरत कमृचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन पनि मन्त्री समक्ष आग्रह गरेका छन् ।
नेपालमा लोकलमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । उनले आउदो २०७८/०७९ को मोद्रीक नीति अटोमोवाइल व्यवसायी मैत्री आउनेमा अटोमोबाइल्स क्षेत्र आशावादी रहेको बताए ।
उपाध्यक्ष करण चौधरीले राष्ट्र बैंकले सवारी साधनहरुको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३/०७४ देखि व्यवसाय क्रमशः घट्दो रहेको गुनासो राखे ।
महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनाधिकृत आयातलाई रोक्न सहज हुने बताए ।
छलफलमा अर्थमन्त्री शर्माले नेपालमै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह पनि गरे ।
Comments are closed.