Nepal's First Video FM

सभामुख सापकोटाद्वारा साउन ३ गते सुरु हुने संसद बैठकको तयारी, सांसदहरुको एन्टिजेन परिक्षण

227

काठमाडौं – यही साउन ३ गते बस्न लागेको संघीय संसदको संयुक्त बैठकको तयारी बारेमा आज सभामुख अग्नीप्रसाद सापकोटाले बैठकको तयारी, अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे स्थलगत अवलोकन गरेका छन् । बानेश्वरस्थित संसद भवनको सभामुख अग्नीप्रसाद सापकोटाले शुक्रबार स्थलगत अवलोकन गरेका हुन् ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेकाअनुसार संसद बैठक तयारीका सन्दर्भमा आज सुरु भएको एन्टिजेन परिक्षण अन्तरगत आइसिसिस्थित स्काई लाइट हलमा सभामुख सापकोटा लगायतका सांसदहरुको एन्टिजेन परिक्षण गरिएको छ ।

बैठकको पूर्वसन्ध्यामा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको एन्टिजेन परीक्षण गर्न लागिएको पनि प्रेस विज्ञ न्यौपानेले बताए । उनकाअनुसार विहान ११ बजेपछि राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, दुवै सदनका सांसदहरु, संघीय संसद सचिवालयका महासचिव, सचिवसहित पदाधिकारी र कर्मचारीहरु, संसदीय रिपोर्टिङ गर्ने पत्रकारको एन्टिजेन परीक्षण गरिने कार्यक्रम छ ।

संसद भवन बानेश्वरमा विहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षणको काम जारी रहने संघीय संसद सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले जानकारी दिए । संघीय संसदको संयुक्त बैठक साउन ३ गते अपरान्ह ४ बजे बस्दैछ ।

You might also like

Comments are closed.