Nepal's First Video FM

कुनै पनि डाटा चोरी भएको छैनः नेपाल टेलिकम

338

काठमाडौं – नेपाल टेलिकमकाे सर्भरमा ह्याकरको आक्रमणबाट डाटा रेकर्ड चोरी भएको भन्दै प्रकाशित समाचार झुट भएको भन्दै नेपाल टेलिकमले कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेकाे छ ।

विहीबार विज्ञप्ति प्रकाशन गरी टेलिकमले भ्रामक समाचारले ग्राहकवर्गमा नकरात्मक सन्देश पुगेको भन्दै खण्डन गरेको हाे । असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको जनाएको छ ।

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पछि कम्पनीको कुनैपनि डाटा चोरी नभएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। ग्राहकसँग सम्बनि्धत डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

You might also like

Comments are closed.