Nepal's First Video FM

लोक गायिका शान्ती श्री परियार र सर्जक इश्वरी अर्यालले मिलेर ल्याए तीज गीत ‘हेर राजै’ बजारमा

701

हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीजको अवसरमा जापानमा बस्दै आउनु भएकी चर्चित सर्जक इश्वरी अर्यालको तिज गीत ‘हेर राजै’ बजारमा आएको छ।सबैले आस गरेको तीज गीतले फेरी बजार तताउने पक्का छ।नारीहरुको कथा समेटीएर बजारमा आएको उक्त गीतमा चर्चित गायिका शान्ति श्री परियारको आवाज रहेको छ।

इश्वरी अर्यालको शब्द रहेको गीतमा बसन्त सापकोटाको लय रहेको छ।चर्चित सर्जक नबराज पन्तको युटुब च्यानल मार्फत आएको उक्त गीतमा चर्चित मोडल काजिश श्रेष्ठ र टिकटक स्टार बिना रावतको दमदार अभिनय रहेको छ।तीज नजिकिदै गर्दा उक्त गीतले एक रौनकता थपिएको छ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन रहेको छ भने दिपक बिष्टको सम्पादन रहेको छ।गीतले नारीको पहिरानलाइ पनि जोड दिएको छ भने जहाँ नारीले किन तीज मनाउछन भन्ने कथा पनि बिशेष रुपमा राखिएको छ। भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ भिडियो :

You might also like

Comments are closed.