Nepal's First Video FM

सार्वजनिक यातायातमा मनपरी भाडा, राजधानीमै सके जति असुल्न थाले

549

काठमाडौँ, यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ ।

यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबारे प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।

ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी तोकिए भन्दा ६ रुपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारबाही नभएको उनको दुखेको सो छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

You might also like

Comments are closed.