Nepal's First Video FM

नायिका नम्रता सापकोटा भन्छिन- विहे नगरी बच्चा जन्माउने इच्छा छ, त्यो पूरा गर्छु

457

काठमाडौं । नायिका नम्रता सापकोटाले आफूसँग जोडिएर आएको प्रेमको चर्चालाई नकार्न नसक्ने बताएकी छन् ।

न्यूज २४ को टेलिभिजन कार्यक्रममा बोल्दै आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आफ्नो इच्छा चाहनाको बारेमा बुबा-आमा पूर्ण कन्भिन्स भएको उनले बताइन् । घरमा पनि यो विषयलाई लिएर बुबा आमालाई बच्चा ‘एडप्ट’ गर्ने बारेमा बताउदा सकारात्म प्रतिकृया आएको उनले सुनाइन् । यद्यपि बुबाले भने विवाह पछि ‘एड्प्ड’ गर्न सुझाएको उनको भनाइ छ ।

सिंगल आमाले नागरिकता दिन पाउने कानूनले पनि आफ्नो इच्छालाई अझ प्रोत्साहन दिएको उनको भनाइ छ । ‘जुन कानूनी नै भइसकेको भए किन नगर्ने ? भन्ने मनमा आइरहेको छ’- उनले भनिन् ।

पुरुष प्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको उनको भनाइ छ । आफूलाई धेरै मायाँ गर्नै पुरुषहरु हुँदा हुँदै पनि विवाह भन्दा आफू व्यक्तिगत इच्छाका कारण यो खालका कुराहरुमा जोड दिएको उनको भनाइ छ ।

You might also like

Comments are closed.