Nepal's First Video FM

आज सोमबार सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

374

काठमाडौँ, सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ थप घटेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ६०० र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत आइतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भएको

You might also like

Comments are closed.