काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाएको छ । उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरे ।
Comments are closed.